Section 20
निलम्बन गर्ने
:
(१) दफा १९ बमोजिम विभागीय कारबाहीमा परेको सशस्त्र प्रहरीलाई सजायको आदेश दिन पाउने अधिकारीले तोकिएको अवधिसम्म निलम्बन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निलम्बन गर्नु अघि त्यस्तो सशस्त्र प्रहरीलाई सजायको आदेश दिने अधिकारीले निशस्त्र गराउनेछ ।
(३) सशस्त्र प्रहरी देहायको अवस्थामा स्वतः निलम्बन भएको मानिनेछ :—
(क) दफा २७ बमोजिमको अपराधको आरोप लागेको सशस्त्र प्रहरी पक्राउ परेको भए पक्राउ परेको मितिबाटै र पक्राउ नपरेको भए मुद्दा दायर गर्ने निर्णय भएको मितिदेखि,
(ख) कुनै फौज्दारी अभियोगमा गिरफ्तार भै थुनिएकोमा त्यसरी थुनिएको अवधिभर ।
(४) कुनै सशस्त्र प्रहरी सरकारी कामको सम्बन्धमा वा नेपाल सरकारकोतर्फबाट भएको कारबाहीको फलस्वरूप निलम्बन भएमा सो निलम्बनको अवधिभरनिजले खाई पाई आएको तलबको आधा तलब मात्र पाउनेछ ।
तर लागेको आरोप प्रमाणित नभई निजले सफाई पाएमा निलम्बन रहेको अवधिमा आधा तलब पाएको भए सो कट्टा गरी नपाएको भए पूरा तलब (तलबवृद्धि हुने भएमा सो समेत) पाउनेछ । कसूरदार ठहरिएमा निलम्बन भएको मितिदेखिको बाँकी तलब पाउने छैन ।
(५) कुनै सशस्त्र प्रहरी उपदफा (४) मा उल्लिखित कारण बाहेक अन्य कुनै कारणबाट निलम्बन रहन गएको रहेछ भने निजले त्यसरी निलम्बन रहेको अवधिको तलब पाउने छैन ।